अदालतमा हाजिर भए धवल शम्शेर
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन्।
सोमबार बिहान उनी अदालतमा हाजिर भएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
राणाको न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान हुनेछ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अदालतमा उपस्थित भएका छैनन्।
तीनकुने घटनामा हाजिर जमानीमा छुटेका उनीहरू मुद्दा दायर गर्दा उपस्थित भएका थिएनन्।
चैत १५ गते राति पक्राउ परेका राणालाई प्रहरीले स्वास्थ्य अवस्थाका कारण वैशाख ७ गते हाजिर जमानीमा छाडेको थियो। हाजिर जमानीमा राखिएका उनीसहितलाई मुद्दा दर्ता गर्न जेठ ११ गते प्रहरीले सम्पर्क गर्ने प्रयास गरेको थियो।
तर उनी सम्पर्कमा आएका थिएनन्। सम्पर्कमा नआएपछि प्रहरीको अनुसन्धान अधिकारीले राणाका स्वकियलाई जरिवाना समेत तोकेको थियो।
गत बिहीबार मध्यराति जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाएको थियो। बाँकीलाई धरौटीमा छाड्न आदेश दिएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस : ओली
-
२.
इरानका रक्षामन्त्री मारिएको दावी
-
३.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
-
४.
मध्यपूर्वको तनावप्रति गगन थापाद्वारा चिन्ता व्यक्त
-
५.
डलरमा भएको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना हुने
सम्बन्धित समाचार
गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी...
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका...
रुकुम पूर्वमा प्रचण्ड विजयी
काठमाडौं। रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । अहिलेसम्म गणना भएको...
मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि
विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...




