सोलुखुम्बुबाट काठमाडौँ आउँदै गरेको बस पल्टियो, २ जना घाइते
काठमाडौं। शुक्रबार बिहान सोलुखुम्बुबाट काठमाडौँतर्फ आउँदै गरेको बस दुर्घटना भएको छ।
सोलुखुम्बुको सल्लेरीबाट काठमाडौँका लागि छुटेको उग्रचण्डी यातायातको बस शुक्रबार बिहान सोलुखुम्बुकै साल्मेनजिक सडकमा पल्टिएको हो।
काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५५८२ नम्बरको उग्रचण्डी डिलक्स बस अनियन्त्रित भई बिहान ४ बजे सडकमै पल्टिएको हो। बसमा चालक, सहचालक, कन्टेक्टरसहित ७ जना थिए।
दुर्घटनामा सिन्धुली फिक्कल गाउँपालिका २ निवासी ३२ वर्षीय बस चालक होम बहादुर लुङ्गेलीको दुवै घुँडा र देब्रे हातमा सामान्य चोट लागेको छ। त्यसैगरी रामेछाप लिखु गाउँपालिका ७ निवासी ३१ वर्षीय कन्डक्टर ताराबहादुर बुढाथोकीको दाहिने हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। घाइते दुवै जना जिल्ला अस्पताल फाप्लुमा उपचार गराइरहेका छन्।
अन्य पाँच जना भने सकुशल छन्। बसको दाहिने भागमा क्षति पुगेको छ भने सडक अवरुद्ध भएको छ। बस हटाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ
पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग
ताप्लेजुङ। नेकपा एमाले ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार...




