मुख्य समाचार

यी नदीमा बढ्ने छ आज बहाव

काठमाडौँ। आगामी तीन दिनभित्र नेपालका प्रमुख नदीहरूको जलसतह बढ्ने पूर्वानुमान गरिएको छ। कोशी, नारायणी, कर्णाली, महाकाली र तिनीहरूका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, र बबई नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै भए क्रमशस् बढ्दै जाने देखिएको हो।

जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बिहीबार जारी गरेको सूचनामा नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

विशेषगरी बाढीको जोखिममा पर्ने क्षेत्रमा हुने गतिविधिहरू—जस्तै माछा मार्ने, नदी पार गर्ने, डुंगा प्रयोग गर्ने, खेतीपाती गर्ने आदि कार्यहरूमा सावधानी अपनाउन सुझाव दिइएको छ।

महाशाखाका अनुसार वर्षा क्रमशः तीव्र हुँदै गएकाले जलस्रोतहरूमा एक्कासि पानीको बहाव बढ्न सक्ने सम्भावना रहन्छ। यस्तो अवस्थामा आकस्मिक बाढी आउन सक्ने जोखिमसमेत रहेको हुँदा स्थानिय प्रशासन, सुरक्षाकर्मी र विपद् व्यवस्थापन निकायलाई समेत उच्च सतर्कतामा रहन अनुरोध गरिएको छ।

सम्बन्धित समाचार

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...