
काठमाडौं। काठमाडौँको दरबारमार्ग स्थित हिटीपोखरी नजिक निर्माणाधीन भवनमा लिफ्टको सिक्री चुँडिएर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कैलाली घर भएका करिब ३२ वर्षीय प्रदेशी चौधरी र बर्दिया घर भएका करिब २२ वर्षीय विशाल चौधरी छन् ।
पोतला डेभलपमेन्ट प्रालिको निर्माणाधीन ९ तले पक्की घरको चौथो तलामा लिफ्टमा चढेर ग्रिज लगाउँदै गर्दा सिक्री चुँडिएर खस्दा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
घटना सोमबार साँझ ५ बजेको हो । उनीहरू निर्माणाधीन ९ तले भवनमा काम गर्दै आएका थिए । दुवैको शव वीर अस्पतालमा राखिएको छ ।