रूपन्देही ३ उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार बस्दैछ। आज बस्ने सचिवालय बैठकमा मूलतः दुई विषयाा छलफल हुने रास्वपाले बताएको छ।
बैठक बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्दैछ।
प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधिबारे छलफल हुनेछ।
त्यस्तै कात्तिक १७ गते हुन लागेको रूपन्देही क्षेत्र नम्बर ३ उपनिर्वाचनबारे पनि बैठकमा छलफल हुनेछ।
रूपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएपछि रिक्त स्थानमा चुनाव हुन लागेको हो। रास्वपाले जित्ने गरी योजना बनाइरहेको छ।
आजको बैठकमा चुनाव परिचालनका लागि जिम्मेवारी तोक्नदेखि उम्मेदवारी छनोट प्रक्रियाबारे पनि छलफल हुने रास्वपाले बताएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
डोटीमा कांग्रेसका भरतबहादुर खड्का
डोटी। डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम...
फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि
काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमाले का गोकर्ण विष्ट फेरि पछि परेका छन्। निर्वाचनको पछिल्लो...
काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित
काठमाडौँ। काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।...
कास्की-२ मा रास्वपाका पौडेल विजयी
गण्डकी। प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार...




