
काठमाडौं । विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । समिति सभापति अम्मरबहादुर थापाका अनुसार पर्सि २२ असारलाई समिति बैठक बोलाइएको छ ।
‘पर्सि बैठक बस्छ । सबै विषय मिलिसक्यो,’ सभापति थापाले भने, ‘समितिमा लक भइसकेको छ । जे छ त्यो हुबहु पास हुन्छ ।’ १६ असारमा नै विधेयक पास गर्ने तयारी थियो । तर अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक ६० र खुला ४० प्रतिशत गर्नेमा कांग्रेसले फरक मत राखेपछि रोकिएको थियो ।
६०र४० प्रतिशतमा नै सहमति जुटेको छ । कार्य सम्पादन मूल्यांकनको अंकमा पनि मिलेको थिएन । ईसीडीमा कार्यरतलाई शिक्षक भन्ने वा नभन्नेमा विवाद छ । समिति सभापति थापाका अनुसार सबै विषय मिलेको छ ।