मुख्य समाचार

टीकापुर घटनामा हत्याको बिल्ला भिरेको छु ; रेशम चौधरी

काठमाडौं। नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले टीकापुर घटनामा आफूलाई सबैभन्दा ठूलो हत्याराको बिल्ला भिराइएको गुनासो गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उनले आफूलाई अहिले पनि टिकापुर हत्याकाण्ड गरिस् भनेर गाली गर्ने गरेको बताए।

आफू टीकापुर घटनामा घटनास्थलमै नरहेको भएपनि सबैभन्दा ठूलो हत्याको बिल्ला भिराइएको भन्दै मान्छे मारेको स्वीकार गर्नेहरुलाई यत्तिकै छोडिएको जिकिर गरे।

 

‘म मेरो सामाजिक सञ्जालमा कहिले कहीँ हेर्छु, मार गाली गर्छन्,’ चौधरीले भने, ‘टीकापुर घटनामा सबैभन्दा ठूलो हत्याको बिल्ला भिरेको छु। मेरो परिवारको बच्चा मर्‍यो, बच्चाको हत्यारा भन्छन्। हामी मान्छे नमार्ने थारुहरू हत्यारा भयौँ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै मान्छे मारेको स्वीकार गर्नेहरुलाई केही नगरिएको टिप्पणी उनको छ। चौधरीले भने ‘मान्छे मार्नेहरू उनैसँग छन् फेरि। सँगसँगै छन् । उनले मार्‍यौँ पनि भन्छन्।’

 

सम्बन्धित समाचार

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...

डोटीमा कांग्रेसका भरतबहादुर खड्का

डोटीमा कांग्रेसका भरतबहादुर खड्का

डोटी। डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम...

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमाले का गोकर्ण विष्ट फेरि पछि परेका छन्। निर्वाचनको पछिल्लो...

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ। काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।...