मुख्य समाचार

नेविसंघका दर्जनौँ नेता पक्राउ, तत्काल रिहाइको माग

काठमाडौँ। सडकमा आन्दोलनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न ठाउँमा प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। नेविसंघले पक्राउको विरोध गरेको छ । तत्काल पक्राउ परेकाहरूलाई रिहाइ गर्न समेत माग गरेको छ।

नेपाल कमर्श क्याम्पसमा विभिन्न शैक्षिक माग राख्दै गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी दर्जनौँ विद्यार्थी नेताहरूलाई पक्राउ गरेको घटनाप्रति नेविसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरूलाई रिहाइ गर्न माग गरेका हुन् । नेपाल कमर्श क्याम्पस इकाइले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, ‘विद्यार्थीको प्रतिनिधित्वविना सिनेट बैठक अमान्य हुने’ र ‘शिक्षक नियुक्ति १०० प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने’ जस्ता माग राखेर शान्तिपूर्ण प्रदर्शन गरेको थियो । सोही क्रममा नेपाल प्रहरीले धरपकड गरी विद्यार्थी नेताहरूलाई गिरफ्तार गरेको थियो ।

पक्राउ पर्नेहरूमा नेविसंघका केन्द्रीय सदस्य तथा नेपाल कमर्श क्याम्पसका इकाई अध्यक्ष सरोज तिमिल्सिना, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका निवर्तमान स्ववियु सभापति श्यामराज ओझा, नेविसंघ काठमाडौँ जिल्ला अध्यक्ष अनसुल केसी, नेपाल कमर्श क्याम्पसका उपाध्यक्ष तथा स्ववियु कोषाध्यक्ष सुशील खड्का, नेपाल इन्जिनियरिङ कलेजका इकाई कार्यवाहक अध्यक्ष पृथ्वीजंग थापा, चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी सङ्गठनका अध्यक्ष महेन्द्र खड्का, विद्यार्थी नेताहरू उत्सव देवकोटा, रन्चिर विष्ट र एलेक्स सिंघानियासहित दर्जनौँ विद्यार्थी रहेका छन् ।

नेविसंघले शान्तिपूर्ण रूपमा आफ्ना शैक्षिक माग राख्दा गरिएको गिरफ्तारीलाई ‘अत्यन्तै निन्दनीय’ भनेको छ । ‘गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थी नेताहरूलाई बिना सर्त तुरुन्त रिहा गर्न नेपाल सरकारसँग नेपाल विद्यार्थी सङ्घ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...

डोटीमा कांग्रेसका भरतबहादुर खड्का

डोटीमा कांग्रेसका भरतबहादुर खड्का

डोटी। डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम...

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमाले का गोकर्ण विष्ट फेरि पछि परेका छन्। निर्वाचनको पछिल्लो...

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ। काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।...