मुख्य समाचार

कहाँ कहाँ पर्दैछ पानी?

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ छ।

बुधबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानहरुमा हावाहुरिको पनि सम्भावना रहेको छ।

बुधबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

सम्बन्धित समाचार

सरकारलाई रचनात्मक तरिकाले सहयोग गर्छौ : वर्षमान पुन

सरकारलाई रचनात्मक तरिकाले सहयोग गर्छौ : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभएको छ । फागुन २१...

उपत्यका मात्र नेपाल हो भन्ने भास्य नहोस्, घर टहरा नभत्काइयोस् : हर्क साम्पाङ

उपत्यका मात्र नेपाल हो भन्ने भास्य नहोस्, घर टहरा नभत्काइयोस् : हर्क साम्पाङ

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्कराज राईले एक पालिका एक उद्योग र एक घर एक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको...

गृहमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरको दर्शन

गृहमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ। आज बिहानै उहाँले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन...