आइतवार, साउन १२, २०८२
English
Follow us:

एमालेले किन बोलायो सचिवालय बैठक?

एमालेले किन बोलायो सचिवालय बैठक?

  • खबर सेवा

  • बुधबार, साउन १, २०८२

  • 53
    SHARES
एमालेले किन बोलायो सचिवालय बैठक?

काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ। बिहीबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका सन्दर्भमा सचिवालय बैठक बस्न लागेको हो।

एमालेको गत माघ ८ गते बसेको सचिवालय बैठकले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ।

त्यसैको तयारीका लागि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो। यी बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन्। राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने सचिवालयले निर्णय गरिसकेको छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology