तीन महिनाको विपद् : ९३ जनाको मृत्यु, २२ बेपत्ता
काठमाडौं। गत वैशाखदेखि असारसम्मको तीन महिनामा दुई हजार ६५ वटा विपद्जन्य घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको तीन महिनामा ती विपद्जन्य घटनामा परेर ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन्।
प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारका अनुसार ती घटनामा परेर आजसम्म चार सय ४५ जना घाइते भएका छन्। उनले ती घटनामा परेर चार हजार १३६ परिवार प्रभावित भएका जानकारी दिए।
प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विसं २०८२ को पछिल्लो तीन महिनाको विवरणअनुसार बाढीका मात्रै एक सय ३७ घटना भएकामा ती घटनाबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन्।
केही दिनअघि गत असार २४ गते रसुवा भोटेकोशीमा आएको बाढीले सबैभन्दा बढी मानवीय क्षति गराएको थियो। माथिल्लो क्षेत्रमा भएको हिमताल विस्फोटबाट उक्त घटना भएको थियो। पहिरोका एक सय ७५ घटनामा छ जनाको मृत्यु भएको छ।
चट्याङबाट २६, आगलागीबाट १४, जनावरको आक्रमणबाट १२ र लेक लागेर ११ जनाको मृत्यु भएको प्रवक्ता सुनारले जानकारी दिए। अन्य हावाहुरी, सर्पदंश, भारी वर्षाबाट पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ।
बाढीबाट मात्रै एक हजार २४६ तथा आगलागीबाट एक हजार ४८ परिवार प्रभावित भएका छन् । पहिरो, चट्याङ, भारी वर्षा, सर्पदंश, हावाहुरी, वन डढेलो, सर्पदंशलगायत घटनाबाट सयौँ परिवार प्रभावित भएका जनाइएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग
भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) मा गठित कर्मचारी युनियन भङ्ग गरिएको छ । सरकारले अघि सारेको शासकीय सुधार र...
फेवातालबारे प्रधानमन्त्रीको चासो, अतिक्रमण हटाइँदै
लेखनाथ। प्रधानमन्त्री बालेन्द्र शाहले पर्यटन नगरी पोखरामा पर्ने फेवातालमा भएको अतिक्रमण हटाउने अभियानबारे जानकारी लिनुभएको छ । सरकारले सार्वजनिक...
काठमाडौँमा बिहानैदेखि वर्षा
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको छ । जल तथा मौसम...
कति छ काठमाडौँको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...




