मुख्य समाचार

क्रान्तिकारीको विद्यालय बन्दको निर्णयप्रति नेविसंघको असन्तुष्टि

काठमाडौं। नेकपा बहुमत निकट अखिल क्रान्तिकारीको विद्यालय बन्दप्रतिको निर्णय नेपाल विद्यार्थी संघ (नेविसंघ)ले असन्तुष्टि जनाएको छ। विद्यालय शिक्षा विधेयक जारी गर्न दबाब स्वरूप क्रान्तिकारीले आह्वान गरेको संस्थागत विद्यालय बन्दप्रति नेविसंघले असन्तुष्टि जनाउँदै जनतालाई दुख दिने काम नगर्न अनुरोध गरेको हो।

आज उपत्यकासहित देशभरका विद्यालयहरू, विशेषतः संस्थागत विद्यालयहरू बन्द गराइएको छ। उनले भनेका छन्, ‘ शिक्षा ऐन जारी हुनु अत्यावश्यक छ, र त्यो विद्यार्थीमैत्री हुनु पर्नेमा कुनै दुईमत छैन। तर आन्दोलनका अन्य वैकल्पिक र प्रभावकारी उपायहरू उपलब्ध हुँदाहुँदै पठनपाठन ठप्प पार्ने गरी विद्यालय बन्द गराउनु विद्यार्थी आन्दोलनको मूल मर्म र भावना विपरीत हो।’

नेविसंघका प्रवक्ता सुरज सेजुवालले भनेका छन्,’ विद्यार्थी आन्दोलनलाई परिणाममुखी, सशक्त र सार्थक बनाउन अब साझा संकल्प आवश्यक छ। यस सन्दर्भमा, सबै विद्यार्थी संगठनहरू एकजुट भई आन्दोलनलाई सृजनात्मक रूपले अघि बढाउन म देशभरका क्रियाशील विद्यार्थी संगठनहरूलाई हार्दिक आह्वान गर्दछु।’

सम्बन्धित समाचार

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...

डोटीमा कांग्रेसका भरतबहादुर खड्का

डोटीमा कांग्रेसका भरतबहादुर खड्का

डोटी। डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम...

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमाले का गोकर्ण विष्ट फेरि पछि परेका छन्। निर्वाचनको पछिल्लो...