खानेपानी आपूर्ति गर्न मुख्यमन्त्रीको निर्देशन
काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सप्तरी जिल्लामा पानी अभाव भएका क्षेत्रमा तत्काल राहतस्वरूप खानेपानी आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
मुख्यमन्त्री सिंहको निर्देशनपछि सप्तरीमा प्रदेश सरकार मातहतको वन डिभिजन कार्यालयको एक तथा प्रदेश सरकारबाट थप दुईवटा गरी तीनवटा ट्यांकरमार्फत पानी आपूर्तिको तात्कालिक व्यवस्था मिलाइएको हो।
जिल्ला प्रशासन कार्यालयलाई अतिप्रभावित क्षेत्रमा खानेपानी आपूर्ति व्यवस्थापन गर्न तत्काल कार्यान्वयनमा जान निर्देशनसमेत दिइएको छ। यसअघि सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्लामा खानेपानीको स्रोत घट्दै गएको र कृषिमा पनि प्रतिकूल असर परेको जानकारी दिँदै मुख्यमन्त्री सिंहसमक्ष आवश्यक व्यवस्थापनका लागि आग्रह गरे।
गत असार ३२ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा पानी नपरेर खडेरीको अवस्था सृजना भएको, धान रोपाइँ तथा अन्य बाली लगाउन सकस भएको, किसानहरू गम्भीर समस्यामा परेका र अधिकांश बस्तीमा खानेपानीको स्रोत सुक्दै गएकाले संघ तथा प्रदेश सरकारसँग आपत्कालीन व्यवस्थापनको माग गर्ने निर्णय गरेका थिए। प्रदेश सरकारले उक्त निर्णयको पालना गर्दै तत्काल खानेपानी आपूर्ति सुरु गरेको हो।
ताजा अपडेट
-
१.
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
-
२.
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
-
३.
कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग
-
४.
हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी
-
५.
दुईतिहाई बहुमततिर रास्वपा!
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...
हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी
काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...
डोटीमा कांग्रेसका भरतबहादुर खड्का
डोटी। डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम...




