आइतवार, साउन १२, २०८२
English
Follow us:

एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने

एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने

  • खबर सेवा

  • मङ्लबार, साउन ७, २०८२

  • 34
    SHARES
एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको बैठक आज समापन गर्ने तयारी छ ।

बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन् । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीनतीन मिनेट बोल्ने समय दिइएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशको विषयलाई केन्द्रीय सदस्यहरूले प्राथमिकता दिँदै यही बैठकबाट निर्णय लिन पार्टी नेतृत्वलाई दबाब दिएका छन् ।

पार्टी अधिकांश केन्द्रीय सदस्यहरूले सचिवालय र पोलिटब्युरो बैठकका प्रस्तावहरूमा सहमति जनाएका छन् ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology