
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी छ । केहीबेर अघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठक नेताहरूले बोल्ने क्रम सकिएपछि आजै समापन गर्ने तयारी छ।
बैठकमा विधान संशोधनमाथि सदस्यहरूले धारणा राखिरहेका छन् । पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यमध्ये प्रस्तावित विधान मस्यौदाका नयाँ व्यवस्थाबारे धारणा राखेका थिए ।
बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।