मुख्य समाचार

नक्कली रिपोर्टबाट मन्त्रीहरू मुक्त बनून्, काम हुनुपर्छ ; गोकुल बाँस्कोटा

काठमाडौँ। सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारले जनताप्रति जिम्मेवारी देखाउन असफल भएको भन्दै कडा आलोचना गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बाँस्कोटाले “दुईतिहाइको सरकार” भनेर गर्व गर्न मात्र होइन, वास्तविक काम देखिनुपर्ने बताएका हुन् ।

काभ्रे र सिन्धुपाल्चोक जिल्लाको सीमामा चार वर्षअघि १४ करोड रुपैयाँको लागतमा सुरु गरिएको पुल निर्माण अझै अलपत्र रहेको उल्लेख गर्दै बाँस्कोटाले सरकारी संयन्त्रमाथि गम्भीर प्रश्न उठाए।

“ह्वांग दुईवटा पिल्लर उठ्या छ, एउटा फक्ल्याँटो हाल्या छ। बाँकी यतापट्टि बनाएको छैन। १० चोटि भनिसकियो, कान खुल्दैन,” उनले आक्रोश पोख्दै भने, “दुईतिहाइ भनेर मात्रै भएन, कागजको रिपोर्ट दिएर मात्रै भएन, अब काम हुनुपर्छ।”

उनले काभ्रेको चाखोला पुलको अवस्था पनि उस्तै रहेको जनाउँदै विकास परियोजनाहरूको नक्कली प्रगति रिपोर्ट बनाउने प्रवृत्तिको आलोचना गरे।

“कामचाहिँ केही पनि भएको छैन, तर रिपोर्ट हेर्दा सबै सकिएको देखिन्छ। यसरी जनतालाई झुक्याउने काम अब बन्द हुनुपर्छ,” बाँस्कोटाले थपे, “मन्त्रीहरू यस्तो नक्कली रिपोर्टको चक्रबाट मुक्त हुनुपर्छ।”

 

सम्बन्धित समाचार

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...