
काठमाडौँ। राष्ट्रियसभा बैठक आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भएको छ।
संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा पर्यटन विधेयक २०८१ माथि दफावार छलफलका लागि निर्णय हुने संसद् सचिवालयले जानकारी दिएको छ।
प्रतिनिधि सभाको बैठक भने साउन १९ गते बस्ने तय भएको छ।