भारतसँग भएका शारदा, गण्डक र टनकपुर सम्झौता नेपालको राष्ट्रिय हितमा भएनन् : पूर्वप्रधानमन्त्री खनाल
काठमाडौँ। नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले नेपाल—भारतबीच सुपुर्दगी सन्धि हुन लागेको भन्दै सरकारको जवाफको माग गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धि गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि हमला हुने बताउँदै यसबारे सरकारसँग जबाफ मागेका हुन्।
‘अहिले मैले के सुनिरहेको छु भन्दा सुपुर्दगी सन्धि नेपाल र भारतका बीचमा हुँदैछ। सुपुर्दगी सन्धि गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धि गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुनेछ। यो कुरामा नेपालका सबै देशभक्तहरु सचेत हुन जरुरी छ। कोशी उच्चबाँधको कुरा आइरहेको छ। यो कुरा कसरी आउँदैछ भन्ने कुरा नेपाली जनताले पहिला थाहा पाउनुपर्छ। नेपालका सबै राजनीतिक दलहरुले पनि थाहा पाउनुपर्छ। नेपालको राष्ट्रिय हितमा गरिँदैछ की छैन?,’ उनले भने।
उनले यी विषयहरू नेपालको राष्ट्रिय हितमा छ की छैन भन्नेकुरा स्पष्ट पार्न जरुरी रहेको बताए।
‘हामीले कोही सम्झौता, शारदा सम्झौता, गण्डक सम्झौता गर्यौं। पछि टनकपुर सम्झौता गर्यौं, ती कुनैपनि नेपालको राष्ट्रिय हितमा भएनन्। यसो हुनाले नेपालको राष्ट्रिय हितलाई ज्ञारेन्टी गर्ने कुरालाई ध्यानमा राखेर मात्रै कुनै पनि ठूला उच्च बाँधहरु बाँधिनुपर्छ,’ उनले भने।
ताजा अपडेट
-
१.
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
-
२.
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
-
३.
कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग
-
४.
हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी
-
५.
दुईतिहाई बहुमततिर रास्वपा!
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...
हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी
काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...
डोटीमा कांग्रेसका भरतबहादुर खड्का
डोटी। डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम...




