एसइई मौका परीक्षा २९ गतेदेखि
काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षा यही साउन २९ गतेबाट सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ साल चैत ७ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि मौका परीक्षा तालिका समेत सार्वजनिक गरिसकेको छ।
परीक्षा तालिका अनुसार उक्त परीक्षा साउन २९ गतेदेखि सुरु भएर भदौ ६ गते सकिनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। यही मौका परीक्षाका लागि अहिले तीव्र तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक तारानाथ निरौलाले जानकारी दिए। ‘एसइई मौका परीक्षा मर्यादित ढंगले सञ्चालन गर्न आवश्यक तयारी भइरहेको छ,’उनले भने।
२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरु भएर १४ गते सकिएको थियो। प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो। उक्त परीक्षामा एसइई परीक्षामा सामुदायिक र संस्थागत गरी जम्मा ११ हजार २१६ वटा विद्यालयबाट ५ लाख १४ हजार ७१ जनाले फाराम भरेका थिए। सबै विद्यार्थी परीक्षामा भने सहभागी भएनन्।
बोर्डले फाराम भरेका नियमित र ग्रेडवृद्धि सबै गरी करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी नभएको जनाएको छ। परीक्षा बोर्डले यो परीक्षाको नतिजा असार १३ गते सार्वजनिक गर्यो। ०८१ को एसइई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी पास भए।
नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपीएदेखि ४ जीपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना र २.८ जीपीएदेखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी छन्।
त्यसैगरी २.४ जीपीएदेखि २.८ जीपीएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जीपीएदेखि २।४ जीपीए ल्याउने चार हजार १३६ जना र १।६ देखि २ जीपीए ल्याउने आठजना परीक्षार्थी छन्।
एक लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अवर्गीकृत अर्थात् फेल भएका छन्। गणितमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन्। यो वर्ष गणित विषयमा मात्रै एक लाख २८ हजार २१८ जना परीक्षार्थी फेल भए। यी विद्यार्थीहरूले मौका परीक्षा दिँदै छन्।
४८० परीक्षा केन्द्र कायम हुने
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक निरौलाका अनुसार यो मौका परीक्षाका लागि देशभर ४८० परीक्षा केन्द्र तोक्ने तयारी छ। ‘अहिले नै यकिन चाहिँ छैन किन भने यसका लागि विभिन्न ठाउँबाट जानकारी आउँदै छ, हिसाब गर्दा अनुमानित ४८० परीक्षा केन्द्र तोकिने देखिएको छ,’ उनले भने।
गत चैतमा सञ्चालन भएको एसइई परीक्षाका लागि भने देशभर २ हजार ७९ वटा र जापानमा एउटा परीक्षा केन्द्र तोकिएको थियो। यो मौका परीक्षा कति जना विद्यार्थीहरूले दिँदै छन् भन्ने यकिन जानकारी केही दिनमा आउने उनले बताए।
‘अहिले विद्यार्थीहरूले परीक्षा फारम भरिरहेका छन्, साउन १६ गतेसम्म परीक्षा फाराम भर्ने समय छ,य सपछिमात्रै यसबारे यकिन जानकारी हुन्छ,’उनले भने।
ताजा अपडेट
-
१.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
२.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
३.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
-
४.
एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते
-
५.
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




