मुख्य समाचार

विद्यार्थीले तयार पारेको नागको चित्र टाँस्दै मटेरीवासी

पाल्पा । रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग अंकित चित्र तयार पारेर बिक्री गरेका छन्।

आज नागपञ्चमी पर्वको अवसर पारेर यहाँका विद्यार्थीले अष्टनाग चित्र बनाएर विद्यालय तथा घरघरमा बिक्री गरेका हुन्। कक्षा ३ देखि ८ सम्म अध्ययनरत विद्यार्थी आफैँले बनाएका करिब सात सय बढी नागको चित्र बिक्री भएको प्रधानाध्यापक विजय शर्माले जानकारी दिए।

‘हामीले सैद्धान्तिक ज्ञानलाई मात्र नभई व्यावहारिक ज्ञान, संस्कारसहितको शिक्षा दिएका छौँ’, उनले भने, ‘आफूले तयार पार्न सक्ने कुरामा फजुल खर्च गर्नु हुँदैन, मौलिक संस्कृतिमा जोड दिनुपर्छ, पर्वअनुसार प्रयोगमा आउने विभिन्न ज्ञान, सीप विद्यार्थीलाई दिइरहेका छौँ।’

विद्यार्थीले तयार पारेको चित्र अभिभावक, शिक्षक तथा स्थानीयवासीले मन पराएर खरिद गरिरहेका छन्। प्रतितस्बिर १० मा बिक्री गरेको कक्षा ८ मा अध्ययनरत छात्र भाष्कर विनायक गौतमले बताए। ‘बाहिरबाट आयातित तस्बिरलाई निरुत्साहित गर्न हामीले अष्टनागको चित्र बनाएका हौँ, छिमेकीले राम्रो मानेर किनिदिनुभयो, यसबाट जम्मा भएको रकम अहिले बचत गरेर राखेका छौँ, शैक्षिक क्षेत्रमा नै खर्चने हाम्रो सोच छ’, उनले भने।

यस कार्यले आफ्नो संस्कृति संरक्षण र अर्कातर्फ विद्यार्थीले आम्दानी गर्ने माध्यम बनेको छ। यहाँका विद्यार्थीले घरायसी प्रयोगमा आउने डोको, नाम्लो, ढकियाजस्ता सीप सिकेका छन् । घरघरमा करेसाबारी बनाएर तरकारी लगाउने गरिरहेका छन्।

 

सम्बन्धित समाचार

दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ। सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ। प्रधानमन्त्री...

रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र...

प्रधानमन्त्रीका स्वकिय सचिव श्रेष्ठ प्रकृति संरक्षण कोषमा

प्रधानमन्त्रीका स्वकिय सचिव श्रेष्ठ प्रकृति संरक्षण कोषमा

काठमाडौं। राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत हुनुभएको छ। प्रधानमन्त्री एवम् कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी...

धनुषा १ : सर्वोच्चले खारेज गर्यो रास्वपाका किशोरी साहको रिट, मातृका यादवको पद जोगियो

धनुषा १ : सर्वोच्चले खारेज गर्यो रास्वपाका किशोरी साहको रिट, मातृका यादवको पद जोगियो

काठमाडौं। सर्वोच्च अदालतले रास्वपा धनुषा १ का उम्मेदवार किशोरी साहले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।...