सिरहामा ८० वर्षीय वृद्धको अज्ञात समूहबाट हत्या
सिरहा। सिरहामा एक वृद्धको हत्या भएको छ । धनगढीमाई नगरपालिका ११, आमचोकका ८० वर्षीय फनिलाल यादवको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।
गएराति यादवमाथि अज्ञात समूहले टाउकोमा धारिलो हतियारले आक्रमण गरेको मृतकका छोरा कपिलदेव यादवले जानकारी दिए ।
घटनापछि उनलाई लहानस्थित प्रादेशिक अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
यसैबीच, प्रहरी घटनास्थलमा ढिलो पुगेको भन्दै आक्रोशित स्थानीयले पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनगढी बजार क्षेत्रमा टायर बालेर करिब एक घण्टा सडक अवरुद्ध गरेका थिए । प्रहरी नायब उपरीक्षक पासवानका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक विवाद वा पुरानो झगडाको आशंका गरिएको छ ।
ताजा अपडेट
-
१.
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
-
२.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
-
३.
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
-
४.
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
-
५.
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र...




