मुख्य समाचार

लागु औषध लिएर काठमाडौँ आउँदै गरेका २ युवक नागढुंगाबाट पक्राउ

काठमाडौँ। काठमाडौँको नागढुंगाबाट प्रहरीले ठूलो परिमाणमा लागु औषध र ६० हजार रुपैयाँ नगदसहित दुई युवकलाई पक्राउ गरेको छ। चौध हजार सातसय ६० क्याप्सुल लागु औषध (ट्रामाडोल) र साठी हजार नगदसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गएराति सवा १ बजे लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाको संयक्त टोलिले बा प्र ०२-०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा ७२ प ६६२७ नम्बरको स्कुटरलाई नागढुंगा पिप्लामोडमा जाँच गर्दा नगद र लागू औषध फेला परेको हो।

पक्राउ पर्नेमा पर्साको विन्दवासिनी नगरपालिका ५ घर भएका २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बु घर बताउने १८ वर्षीय नर्बु शेर्पा रहेका छन्। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत थानकोट बुझाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...

कांग्रेसको देउवा पक्षले बोलायो केन्द्रीय कार्य समिति बैठक

कांग्रेसको देउवा पक्षले बोलायो केन्द्रीय कार्य समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यको बैठक बोलाएको छ। पूर्वगृहमन्त्री रमेश...

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस

काठमाडौँ। तीन दर्जनभन्दा बढी संस्थाबारे पुनरावलोकन गर्न सरकारलाई एक उच्चस्तरीय अध्ययन समितिले सिफारिस गरेको छ । सुशासन मार्गचित्र अध्ययन...

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गर्दै विश्वभर ठूलो मात्रामा विरोध प्रदर्शनहरू भएका छन् । लण्डनदेखि सिड्नी, एथेन्सदेखि...