यी स्थानमा हुनेछ वर्षा
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आजकाे सम्भावित वर्षाबारे जानकारी दिएको छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका धेरै स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
आज राति देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाड भूभागका धेरै स्थान तथा बाँकी तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेशको पहाडका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
मौसम महाशाखाले यहाँ ‘दिउँसो’ दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।
ताजा अपडेट
-
१.
खाडी युद्ध नेपालको अर्थतन्त्रका लागि गम्भीर चुनौती : अध्यक्ष अग्रवाल
-
२.
सुरक्षा लापरबाही गर्ने सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो
-
३.
पूर्वप्रधानमन्त्री देउवा हङकङतिर
-
४.
इरानद्वारा संयुक्त अरब इमिरेट्सलाई आफ्नो क्षेत्रबाट इरानविरुद्व आक्रमण गर्न नदिन चेतावनी
-
५.
यही पारा हो भने एमालेको सिट संख्या स्कुटरमा अट्ने जति हुन्छ : सुरेन्द्र पाण्डे
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
खाडी युद्ध नेपालको अर्थतन्त्रका लागि गम्भीर चुनौती : अध्यक्ष अग्रवाल
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले खाडी युद्ध नेपालको अर्थतन्त्रको लागि गम्भीर चुनौतीको रूपमा देखा पर्नसक्ने बताउनुभएको...
यही पारा हो भने एमालेको सिट संख्या स्कुटरमा अट्ने जति हुन्छ : सुरेन्द्र पाण्डे
काठमाडौं। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कमजोरी सुधार गर्न नसके अर्को निर्वाचनमा एमालेको सिट संख्या एउटा स्कुटरमा अट्ने जति...
इस्लाम धर्मावलम्वीहरूले हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
काठमाडौँ। इस्लाम धर्मावलम्वीहरूको महान पर्व इद उल फित्र आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । एक महिना लामो पवित्र रमजान...
नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...




