मुख्य समाचार

माओवादीको स्थायी समिति आजदेखि, जनार्दनका एजेन्डामा छलफल हुने

काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ।

शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएकासहित ७ एजेन्डामाथि छलफल हुने सचिव देवेन्द्र पाैडेलले जानकारी दिए।

आजदेखि चार दिनसम्म चल्ने बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ छन्। त्यसैगरि मध्य पहाडी जागरण अभियानलाई निरन्तरता दिने, नेकपा एकीकृत समाजवादीसँगको पार्टी एकताका विषयसँगै केन्द्रीय समितिको मिति तय गर्नेलगायतका एजेण्डामाथि पनि छलफल हुनेछ।

यसअघि गएको बुधबार माओवादीको पदाधिकारी बैठक बसेको थियो। पछिल्लो समय माओवादीमा जनार्दन शर्मासहितका नेताले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीको आलोचना गर्दै नेतृत्व परिवर्तनको विषय उठाउन थालेका छन्।

गएको बुधबारको बैठकमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चामा आवद्ध दलहरूसँग एकताका लागि पहल भइरहेको बताएका थिए।

सम्बन्धित समाचार

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...