अवैधरूपमा चलेका कन्सल्टेन्सीमाथि वाणिज्य विभागको निरन्तर अनुगमन, वरिष्ठ अनुगमनकर्ता शाह भन्छन् : अवैध चलेकाहरूप्रति विभागले कडा कदम चाल्छ
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अवैधरूपमा चलिरहेका एजुकेसन कन्सल्टेन्सीमाथि निरन्तर अनुमनगन गरिरहेको छ। बिहीबार मात्रै अनुगमन गरेर ९ कन्सल्टेन्सीलाई ६ लाखमाथि जरिबाना गराएको विभागले शुक्रबार फेरि ५ कन्सल्टेन्सीलाई जरिवाना, ३ कन्सल्टेन्सीलाई ३ दिनभित्र विवरण पठाउन र ५ कन्सल्टेन्सीलाई सामान्य निर्देशन दिएको छ।
विभागले शुक्रबार काठमाडौँ ३२ का काठमाडौँ ग्लोबल प्रालि, काठमाडौँ ३१ स्थित रिलेजेन्ट इन्टरनेशनल एजुकेशन प्रालिलाई एक एक लाख जरिबाना गरेको छ। यस्तै, काठमाडौँ ३१ कै फास्टलेन टेक्निकल इन्सिच्युट एन्ड कन्सल्टेन्सी र काठमाडौँ १० को ए वान ग्लोबल कन्सल्टेन्सी प्रालि र काठमाडौँ १० मिरेकल एजुकेसन सर्भिसलाई ५१। ५१ हजार रुपैयाँ जरिबाना गरेको छ।
उनीहरूमार्फत विभागले ३ लाख ५३ हजार जरिवाना उठाएको विज्ञप्तिमार्फत जनाएको छ। यस्तै, ३ कन्सल्टेन्सीलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिइ विभागमा उपस्थित हुन निर्देशन दिएको छ। जुन कन्सल्टेन्सीमा काठमाडौँ १० को कृष्ण फाउन्डेसन प्रालि, काठमाडौँ ३२ को सा सा फेन्सी कलेक्शन, काठमाडौँ ३२ कै रुकमणि मार्वल एन्ड ग्रेनाइट हाउसलाई ३ दिनभित्र विभागमा कागजात लिएर उपस्थित हुन निर्देशन दिएको हो।
विभागले काठमाडौँ नगरपालिका १० स्थित इम्पायर नेपाल एजुकेशन प्रालि, काठमाडौँ १० कै प्रोफेशनल एजुकेशनल कन्सल्टेन्सी प्रालि, काठमाडौँ १० कै भि इ टी यू इन्टरनेशन इस्टडीज, काठमाडौँ १० स्थितकै अनुकृत ट्रेड प्रालि र काठमाडौँ २ को आई डी पी एजेकेशन नेपाल प्रालिलाई सामान्य निर्देशन दिएको छ।
विभागका वरिष्ठ अनुगमन निरीक्षक अमित झालका अनुसार शिक्षा क्षेत्रमा सुधारका लागि विभाग निरन्तर लाग्ने बताएका छन्। उनले गैरकानुनी तवरले चलेका कन्सल्टेन्सीलाई कारबाही प्रक्रिया अघि बढाउन र सबैलाई कानुनी दायरामा ल्याउन निरन्तर अनुगमन गर्ने बताउँछन्।


इजाजत पूरा नगरी सञ्चालित कन्सल्टेन्सीमाथि कारबाही, यी हुन् कारबाहीमा परेका कन्सल्टेन्सी
ताजा अपडेट
-
१.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
२.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
३.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
-
४.
एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते
-
५.
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




