मुख्य समाचार

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा शनिबार नेताहरूले बोल्ने क्रम शुरु हुने भएको छ।

बिहान ११ बजे सुरु हुने बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्तावमा धारणा राख्ने उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। हरेक सदस्यलाई बोल्नका लागि १० मिनेटको समय निर्धारण गरिएको छ ।

शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले नेताहरू कम्युनिष्ट पार्टीको सिद्धान्तअनुसार नचलेको भन्दै असन्तुष्टि जनाएका थिए। उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रुपमा नेतृत्वमाथि आलोचना गरेकोमा असन्तुष्टि व्यक्त गर्दै प्रचण्डले शर्मालाई महाधिवेशनमार्फत नेतृत्व फेर्न चुनौती समेत दिएका छन्।

प्रचण्डले पछिल्ला राजनीतिक घटनालगायत पार्टीको आगामी रणनीति र एकीकृत समाजवादीसँगको एकताबारे पनि जानकारी गराए। शर्माले सार्वजनिकरूपमा दिएका अभिव्यीक्तबारे बैठकमै प्रष्टीकरण दिने तयारी गरेका छन्। यो क्रम आइतबारसम्म चल्ने सापकोटाले बताए।

सम्बन्धित समाचार

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...