सोमवार, भदौ २, २०८२
English
Follow us:

यी स्थानमा आज पर्दैछ भारी वर्षा

यी स्थानमा आज पर्दैछ भारी वर्षा

  • खबर सेवा

  • सोमवार, साउन २०, २०८२

  • 85
    SHARES
यी स्थानमा आज पर्दैछ भारी वर्षा

काठमाडौँ। आज देशभर विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।

मौसम महाशाखाका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईनजिक रहेकाले देशभर मनसुन सक्रिय छ। यसैकारण मौसम बदली र वर्षा हुने क्रम ह्वात्तै बढेको हो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology