मुख्य समाचार

यी स्थानमा आज पर्दैछ भारी वर्षा

काठमाडौँ। आज देशभर विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।

मौसम महाशाखाका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईनजिक रहेकाले देशभर मनसुन सक्रिय छ। यसैकारण मौसम बदली र वर्षा हुने क्रम ह्वात्तै बढेको हो।

सम्बन्धित समाचार

पर्सा जिल्ला अदालतको मुद्दामा अब रविले वारेसमार्फत हाजिरी जनाए पुग्ने

पर्सा जिल्ला अदालतको मुद्दामा अब रविले वारेसमार्फत हाजिरी जनाए पुग्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतमा चलेको मुद्दाको प्रतिनिधिका रूपमा ‘वारिस’ राख्ने...

सरकारलाई रचनात्मक तरिकाले सहयोग गर्छौ : वर्षमान पुन

सरकारलाई रचनात्मक तरिकाले सहयोग गर्छौ : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभएको छ । फागुन २१...

उपत्यका मात्र नेपाल हो भन्ने भास्य नहोस्, घर टहरा नभत्काइयोस् : हर्क साम्पाङ

उपत्यका मात्र नेपाल हो भन्ने भास्य नहोस्, घर टहरा नभत्काइयोस् : हर्क साम्पाङ

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्कराज राईले एक पालिका एक उद्योग र एक घर एक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको...