मुख्य समाचार

सप्तकोशीमा बर्खा लागेपछि पहिलो पटक उच्च बहाब

काठमाडौँ। वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब उच्च भएको छ। आइतबार साँझ कोसी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको बहाब मापन गरिएको छ।

आज बिहान गरिएको मापनमा कोसी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानी बगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।

५२ वटा मूल र चार नहरका गरेर ५६ ढोकामध्ये अहिले २३ खुल्ला गरिएको छ। कोसी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको बहाब भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ।

सोही अनुसार रातो बत्ती बालिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाब हुँदा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। रासस

सम्बन्धित समाचार

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन चैत १९ गते बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदका दुवै...

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...