मुख्य समाचार

विप्लवसँग एकता गर्ने पक्षमा माओवादी

काठमाडौँ। माओवादी केन्द्रले पोखरामा पुगेर रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ १५ गतेदेखि सुरु गर्ने भएको छ। अभियान ताप्लेजुङमा अन्त्य गर्ने निर्णय भएको सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। यस्तै दसैँ र तिहारको बीचमा केन्द्रीय समिति बैठक आह्वान निर्णय भएको छ।

बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ। सापकोटाले नेकपा एकीकृत समाजवादीसँग पनि एकताका बारेमा छलफल भइरहेको जानकारी दिए।
सापकोटाका अनुसार बैठकले गुटउपगुट र स्वार्थ समूह विघटनका साथै अनुशासन बाहिरका गतिविधि गर्ने नेता तथा कार्यकतालाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ।

यसैगरी पार्टीभित्रको गुट उपगुटका बारेमा अनुगमन गर्न तल्ला कमिटीसम्म विभिन्न समिति बनाउने निर्णय भएको छ।

सम्बन्धित समाचार

इरानविरुद्धको युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आग्रह गर्न ट्रम्प ‘धेरै इच्छुक’: ह्वाइट हाउस

इरानविरुद्धको युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आग्रह गर्न ट्रम्प ‘धेरै इच्छुक’: ह्वाइट हाउस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आह्वान गर्न ‘निकै इच्छुक’ रहेको ह्वाइट हाउसकी...

डढेलोका घटनाहरू बढ्दै जाँदा माथिल्लो थाइल्याण्डमा वायु प्रदुषणको चपेटा

डढेलोका घटनाहरू बढ्दै जाँदा माथिल्लो थाइल्याण्डमा वायु प्रदुषणको चपेटा

थाइल्याण्डको माथिल्लो भागका केही क्षेत्रमा वायु प्रदूषण सोमवार पनि हानिकारक स्तरमा रहेको छ । जसले गर्दा स्वास्थ्य चेतावनी जारी...

तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते

तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते

तनहुँ। तनहुँका छुट्टाछुट्टै स्थानमा भएका दुई सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका...

‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव

‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।...