
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ ।
कुलिङ अफ पिरियडको व्यवस्था माथि भएको चलखेलमा संसदीय समितिको प्रतिवेदन अनुसार समिति सभापति खतिवडाले राजीनामा दिनुपर्ने रास्वपा प्रवक्ता मनिष झाले बताए ।