आइतवार, भदौ १, २०८२
English
Follow us:

भदौ दोस्रो सातादेखि आन्दोलनमा होमिँदै शिक्षक महासंघ

भदौ दोस्रो सातादेखि आन्दोलनमा होमिँदै शिक्षक महासंघ

  • खबर सेवा

  • बिहिबार, साउन २३, २०८२

  • 65
    SHARES
भदौ दोस्रो सातादेखि आन्दोलनमा होमिँदै शिक्षक महासंघ

काठमाडौं। नेपाल शिक्षक महासंघले भदौको दोस्रो सातादेखि आन्दोलन सुरु गर्ने जनाएको छ। महासंघको आज बसेको बैठकले सम्झौता अनुसार विद्यालय शिक्षा ऐन नआए भदौको दोस्रो सातादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट ऐन पास हुने प्रकृयामा नगए र सहमति अनुसार ऐन नबने आन्दोलन सुरु गर्ने बताए।

‘हामीहरूसँग भएको सहमति अनुसार ऐन आएन भने भदौको दोस्रो सातादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेका छौँ,’ अध्यक्ष सुवेदीले भने ‘त्यसका लागि भदौ ३र४ गते राष्ट्रिय समितिको बैठक बोलाएका छौँ।’

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology