कैलाली कारागारमा झडप ; गृहमन्त्रीले बोलाए सुरक्षा समितिको बैठक
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले कैलाली कारागार कार्यालयमा कैदीबन्दीबीच झडप भएको विषयमा छलफल गर्न सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएका छन्।
शनिबार अपराह्न ४ बजेपछि मन्त्रालयमै छलफल गर्नेगरी मन्त्री लेखकले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा गृहसचिब गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायत सहभागी हुनेछन्।
कैदीबन्दीबिच गएराति एकआपसमा झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन्।
स्थानीय प्रशासनका अनुसार झडपमा घाइते भएकाहरुको धनगढीमै उपचार भइरहेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मुलुकमा पुँजीगत खर्च सहज ढंगले हुन नसक्नुमा अख्तियार पनि जिम्मेवार छः मधेस प्रदेशका मुख्यमन्त्री यादव
-
५.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
सम्बन्धित समाचार
ठूलो परिमाणको गाँजासहित २ पक्राउ
काठमाडौं । मकवानपुरको भीमफेदी गाँउपालिका-२ चुनियास्थित त्रिभुवन राजपथ नजिक भित्री सडकबाट ठूलो परिमाणको गाँजासहित २ जना पक्राउ परेका छन्...
खाँदबारी कारागारको सुरक्षा जिम्मा सेनालाई
संखुवासभा । संखुवासभाको खाँदबारी कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रहरी खटिनु...
निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने...
भोजपुरमा निर्वाचनमा खटिने सेना लिएर जाँदै गरेको बस दुर्घटना
काठमाडौं। भोजपुरमा निर्वाचनमा खटिने सेना लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ। भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै ना ४...




