काठमाडौँ। आज दिउँसो देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
महाशाखाको बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। देशका पहाड भूभागका धेरै स्थान र मधेश प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
अनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाड भूभाग र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति देशभर साधारणतया बदली रहनेछ। मधेश प्रदेशलगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागकाका धेरै स्थान र बाँकी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
कोश प्रदेशको पहाड भूभाग तथा मधेस प्रदेशलगायत कोसी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।