मुख्य समाचार

छैन आज भारी वर्षाको सम्भावना

काठमाडौँ। केही दिनयता नेपालको तराईनजिक रहेको पानी पार्ने प्रणाली अर्थात् मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट दक्षिणतर्फ सरेको छ। फलस्वरूप नेपालमा मनसुन केही कमजोर हुने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पछिल्लो १२ घन्टायता मुलुकको कुनै पनि भूभागमा भारी वर्षा नभएको महाशाखाको वेबसाइटले देखाउँछ। आज बिहान पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा छिटपुट वर्षा भएको छ।

शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

शुक्रबार राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

पराजयपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

पराजयपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। चुनावमा पराजयपछि कांग्रेसले पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। बैठक...

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको धम्की

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्ध तत्काल...

द्वन्द्वका कारण विस्थापन र भोकमरी दुवै बढ्दै : संयुक्त राष्ट्र संघ

द्वन्द्वका कारण विस्थापन र भोकमरी दुवै बढ्दै : संयुक्त राष्ट्र संघ

काठमाडौँ। मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वभरि भोकमरीको समस्या झन् गम्भीर बन्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ। संयुक्त...

विद्युतीय कारबाट फैलिएको आगोले ७ जनाको मृत्यु

विद्युतीय कारबाट फैलिएको आगोले ७ जनाको मृत्यु

भारतको मध्य प्रदेशको एउटा घरमा बुधवार आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। आगलागीको घटनामा...