आइतवार, भदौ १, २०८२
English
Follow us:

गुण्डा नाइके चक्रे मिलन भक्तपुरमा पनि धरौटीमा छुटे

गुण्डा नाइके चक्रे मिलन भक्तपुरमा पनि धरौटीमा छुटे

  • खबर सेवा

  • शुक्रबार, साउन ३१, २०८२

  • 46
    SHARES
गुण्डा नाइके चक्रे मिलन भक्तपुरमा पनि धरौटीमा छुटे

काठमाडौं । गुण्डा नाइके चक्रे मिलन भक्तपुरमा पनि धरौटीमा छुटेका छन् ।

एक कुटपिटको घटनाको ज्यान मार्ने उद्योगमा चलाइएको मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार अब स्वास्थ्य परीक्षण गरेर उनलाई रिहा गर्ने तयारी छ ।

काठमाडौंबाट धरौटीमा छुटेलगत्तै गुण्डा नाइके चक्रे मिलनलाई भक्तपुर प्रहरीकहाँ लैजाने तयारी गरिएको छ ।

जन्मदिन मनाउँदै गर्दा पक्राउ परेका उनी काठमाडौंमा चलाइएको अभद्र मुद्दामा २ दिनअघि काठमाडौं अदालतको आदेशबाट ३० हजार धरौटी बुझाएर छुटेका थिए ।

तर, चक्रे मिलनलाई २०८१ भदौ ४ मा भएको एक कुटपिटसम्बन्धी घटनाको अनुसन्धानको सिलसिलामा भक्तपुर लैजान लागिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुलदीप चन्दले बताए ।

गत वर्षको भदौमा भक्तपुरका बासिन्दा मनिष रायमाझीले सामाजिक सञ्जालमा चक्रेलाई लक्षित गर्दै ‘डुँडे’ भनी होच्याएका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology