आइतवार, भदौ १, २०८२
English
Follow us:

यी स्थानमा पर्दैछ पानी

यी स्थानमा पर्दैछ पानी

  • खबर सेवा

  • शनिबार, साउन ३२, २०८२

  • 53
    SHARES
यी स्थानमा पर्दैछ पानी

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र रातिको सम्भावित मौसम र वर्षाबारे जानकारी दिएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाड भेगमा साधारणतया बदली (बाक्लो बादल) रही देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराई भूभागलगायत बाँकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

आज राति कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलागायत बाँकी प्रदेशका पहाड क्षेत्रमा साधारणतया बदली रही देशका बाँकी ठाउँमा आंशिक बदली रहनेछ। कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराई भूभागलगायत बाँकी प्रदेशका पहाड भूभागका थोरै स्थान र बाँकी तराई भूभागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

मौसम महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology