
काठमाडौँ। राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक केन्द्रीय कार्यालयमा शनिबारदेखि सुरु भएको छ।
बैठकको सुरुमा अध्यक्ष राजेन्द्र महतोले ३० जना केन्द्रीय पदाधिकारी र ४ जना केन्द्रीय निकाय प्रमुखहरुलाई आआफ्नो मातृभाषामा पद तथा गोपनियताको शपथग्रहण गराए।
नेपाली, मैथिली, भोजपुरी, तामाङ, नेपाल भाषा, गुरुङ, लिम्बु, बज्जिका, मगही, थारु, हिन्दी, मगर, अवधी, खस, उर्दु, राजवंशी लगायतको भाषा र आआफ्नै भेष भुषामा पदाधिकारीहरुले शपथ ग्रहण गरेका हुन्।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतका केन्द्रीय समितिका निर्णयहरुको कार्यान्वयनको समीक्षा, संगठन विस्तार तथा जिम्मेवारी निर्धारण, विचार मिल्ने पार्टीरसंगठनहरुसँग कार्यगत एकतार मोर्चावन्दी, पार्टी र बहुलराष्ट्रवादको संरचनाबीचको अन्तर्सम्बन्धबारे कार्यविधी, प्रशिक्षक प्रशिक्षण कार्यक्रमसम्बन्धी एजेन्डा प्रस्तुत गरिएको छ।
बैठक ५ दिनसम्म लगातार चल्नेछ।