आइतवार, भदौ १, २०८२
English
Follow us:

लामो समयदेखि चाडपर्वमा शुभकामना आदानप्रदानको थलो बनेको देउपुर पोखरा सम्पर्क समाज विधिवतरूपमा दर्ता, भदौ ४ मा राखियो दरखाने कार्यक्रम

लामो समयदेखि चाडपर्वमा शुभकामना आदानप्रदानको थलो बनेको देउपुर पोखरा सम्पर्क समाज विधिवतरूपमा दर्ता, भदौ ४ मा राखियो दरखाने कार्यक्रम

  • खबर सेवा

  • आइतवार, भदौ १, २०८२

  • 25
    SHARES
लामो समयदेखि चाडपर्वमा शुभकामना आदानप्रदानको थलो बनेको देउपुर पोखरा सम्पर्क समाज विधिवतरूपमा दर्ता, भदौ ४ मा राखियो  दरखाने कार्यक्रम

काठमाडौं।  लामो समयदेखि तीजको दरखाने र दसैँतिहार विशेष बधाई तथा शुभकामना आदानप्रदानको थलोका रूपमा रहेको देउपुर पोखरा सम्पर्क समाज विधिवतरूपमा दर्ता भएको छ।

आजै मात्र सोही संस्था कास्की प्रशासन कार्यालयमा दर्ता भएको हो। यो संस्थाले देउपुरवासीलाई एकैथलोमा गास्ने काम गर्दै आएको थियो। यही कारण संस्थालाई विधिवतरूपमा दर्ता गरिएको जनाइएको छ।

संस्थालाई गतिशिल बनाउँदै थप सशक्त बनाउन एक समिति समेत बनाइएको छ।

समितिको अध्यक्षमा ताराप्रसाद तिवारी, उपाध्यक्षमा समीक्षा तिमिल्सेना, सचिवमा ज्ञानेन्द्रप्रसाद चपाई, कोषाध्यक्षमा प्रेमप्रसाद चापागाईं, सहसचिवमा गोकुल शर्मा चयन भएका छन्। सदस्यहरूमा सुनिता शर्मा, सारदा शर्मा, लक्ष्मण शर्मा, नारन दत्त शर्मा र शोभाराम पोख्रेल रहेका छन्।

यस्तै सदस्यहरूमा पवित्रा कार्की समेत छन्। सल्लाहकारमा केशव चापागाईं, नन्दप्रसाद शर्मा, रामकृष्ण गिरी र बलभद्र शर्मा छन्।

यही सन्दर्भमा समाजले आगामी भदौ ४ गते बुधबार कास्कीस्थित पोखरा पर्स्याङस्थित ताज महलमा दरखाने तथा भेटघाट कार्यक्रम राखेको हो। संस्थाले देउपुरे दाजुभाइ तथा दिदीबहिनीलाई दर खाने निम्ता दिएको छ। देउपुरेबासी जोड्नेगरी समाज गठन भएक‍ो हो।

यो संस्था डाँलीराम लामिछानेको नाममा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको छ। संस्थाले सहायक, अशक्त तथा वृद्धवृद्धालाई सहयोग गर्दै आएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology