मुख्य समाचार

विवाद समाधानका लागि एकीकृत समाजवादीले बोलायो बैठक

काठमाडौँ। नेकपा एकीकृत समाजवादीले आन्तरिक विवाद समाधान गर्न यही भदौ २५ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीको अधिवेशन, पार्टीको आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

उनले बैठकमा समसामयिक राजनीतिक घटनाक्रम,समाजवादी कार्यक्रम, साङ्गठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानअन्तर्गत सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रुपान्तरणका लागि समाजवादी अभियानले देशभर पारेको प्रभावकारिताबारे समीक्षा गरिने जानकारी दिए।

जनवर्गीय संगठनका कार्यप्रगति साथै महासचिव घनश्याम भुसालको नेतृत्वमा गठित कार्यदलले गरेका कामको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गरिने उपप्रमुख अर्यालले जानकारी दिए।

साथै समाजवादी विचारधारा भएका दलहरूबीच सहकार्य, समन्वय तथा वामपन्थी शक्तिबीच एकताको प्रस्ताव अनुमोदन गरिने बैठकमा समाजवादी मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल गरिने जनाइएको छ।

सम्बन्धित समाचार

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ।  साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...