ओली सरकार आलोचक र विपक्षीको घाटीमा तरबार झुन्डाउन उद्धत छ ; मिलन लिम्बु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मिलन लिम्बुले वर्तमान सरकार विपक्षीको घाटीमा तरबार झुन्डाउन उद्धत रहेको बताएका छन्।
सरकारले उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोग लगाउने तयारी गरेपछि नेता लिम्बुले आलोचकलाई समेत निमिट्यान्न पार्ने दाउमा रहेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा लिम्बुले भनेका छन्,` विपक्षी र आलोचकको घाँटीमा तरबार झुण्ड्याएर शासन गर्दैछ ओली सरकार ।´
आजै मात्र सत्तारूढ दल कांग्रेस र एमालेले उपसभामुखलाई पदबाट हटाउन हस्ताक्षर अभियान अघि बढाएका छन्। तर सत्तारुढ दलमै असन्तुष्टि देखिएपछि केही दिनलाई थाती राखिएको बताइएको छ। रानाले विगतमा विदेश भ्रमणमा जादा आफूसँग लैजान केही युवालाई भिषा दिन राजदूतावासमा पत्र लेखेको विषयलाई सत्तारूढ दलले मुल एजेन्डा बनाएका छन्।
उनीहरूले रानाले उपसभामुख पदलाई दुरुपयोग गरेको भन्दै महाअभियोग लगाएर हटाउन खोजिएको हो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...
हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी
काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...




