बुधबार, भदौ ११, २०८२
English
Follow us:

इजरालबाट फर्किएका विपिन जोशीका आमा र बहिनीले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

इजरालबाट फर्किएका विपिन जोशीका आमा र बहिनीले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

  • खबर सेवा

  • शनिबार, भदौ ७, २०८२

  • 89
    SHARES
इजरालबाट फर्किएका विपिन जोशीका आमा र बहिनीले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीकी आमा र बहिनीसँग भेटवार्ता गरेका छन् । प्रधामन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पासँग इजरायलबाट फर्केपछि भेटवार्ता गरेका हुन् ।

उनीहरु विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्केका थिए ।

उनले विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको बताए ।

‘विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उनीहरुसँग भेट भयो। विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्कनु भएको थियो। बिपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन। उनले भनेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology