यी स्थानमा भारी वर्षा हुने
काठमाडौँ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास (भारततर्फ) अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार नेपालको मौसम प्रणालीमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ।
आइतबार देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस लगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना छ।
मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पराजयपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। चुनावमा पराजयपछि कांग्रेसले पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। बैठक...
क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्ध तत्काल...
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुवै बढ्दै : संयुक्त राष्ट्र संघ
काठमाडौँ। मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वभरि भोकमरीको समस्या झन् गम्भीर बन्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ। संयुक्त...
विद्युतीय कारबाट फैलिएको आगोले ७ जनाको मृत्यु
भारतको मध्य प्रदेशको एउटा घरमा बुधवार आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। आगलागीको घटनामा...




