बुधबार, भदौ ११, २०८२
English
Follow us:

सामान्य प्रशासनमन्त्री न्यौपानेले भनिन् : मन्त्रालय कर्मचारी सरुवा बढुवामात्र गर्ने ठाउँ होइन

सामान्य प्रशासनमन्त्री न्यौपानेले भनिन् : मन्त्रालय कर्मचारी सरुवा बढुवामात्र गर्ने ठाउँ होइन

  • खबर सेवा

  • आइतवार, भदौ ८, २०८२

  • 45
    SHARES
सामान्य प्रशासनमन्त्री न्यौपानेले भनिन् : मन्त्रालय  कर्मचारी सरुवा बढुवामात्र गर्ने ठाउँ होइन

तनहुँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जिम्मेवारी इमानदारिताका साथ पूरा गर्ने बताएकी छिन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) शुक्लागण्डकी नगर कमिटीले दुलेगौडामा आयोजना गरेको स्वागत कार्यक्रममा उनले विशेष परिस्थितिमा प्राप्त यो जिम्मेवारी इमानदारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्री न्यौपानेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नीतिगत रूपमा चल्ने मन्त्रालय बनाउने प्रमुख जिम्मेवारी रहेको उल्लेख गरिन् । मन्त्रालयको काम कर्मचारी सरुवा बढुवामात्र हो कि भन्ने रहेकामा त्यसलाई चिर्दै संघीय व्यवस्थालाई सुदृढ बनाउने काम पनि मन्त्रालयको रहेको बताए।

मन्त्री न्यौपानेले कर्मचारी र सेवाग्राहीको गुनासो सुनुवाइका लागि मन्त्रालयमा गुनासो सुनुवाइ केन्द्र स्थापना गरिएको बताउँदै त्यहाँबाट गुनासो सुनुवाइ हुन थालेको बताइन् ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका उपसचिव खिमबहादुर कुमाल, शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष रघुनाथ पौडेललगायतले मन्त्री न्यौपानेलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology