बुधबार, भदौ ११, २०८२
English
Follow us:

भारत–चीन व्यापार सम्झौताको विरोधमा प्रदर्शन गर्दै नेविसंघ, आज माइतीघरमा विरोधसभा

भारत–चीन व्यापार सम्झौताको विरोधमा प्रदर्शन गर्दै नेविसंघ, आज माइतीघरमा विरोधसभा

  • खबर सेवा

  • सोमवार, भदौ ९, २०८२

  • 113
    SHARES
भारत–चीन व्यापार सम्झौताको विरोधमा प्रदर्शन गर्दै नेविसंघ, आज माइतीघरमा विरोधसभा

काठमाडौँ। नेपाली भूभाग लिपुलेकलाई समेटेर छिमेकी मुलुकहरू भारत र चीनले गरेको व्यापार सम्झौतामा नेपालमा तीब्र विरोध भएको छ।

विभिन्न सामाजिक संस्था र राजनीतिक दलहरूले सम्झौताको विरोध गरिरहेका छन्। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिले हालै सार्वजनिक भएको भारत–चीन व्यापार सम्झौताको कडा विरोध गर्दै विरोध सभाको आयोजना गरेको छ।

संघका अनुसार यो सम्झौता नेपालको सार्वभौमसत्ता र भू–अखंडतामा आघात पुर्‍याउने खालको रहेकोले तत्काल खारेजीको माग गरिएको छ। नेविसंघका प्रवक्ता सुरज सेजुवालका अनुसार आज अपराह्न ३ बजे काठमाडौँको माइतीघरमा विरोधसभा आयोजना गरिएको छ। यसपछि अन्य चरणबद्ध आन्दोलन गरिने सेजुवालको भनाइ छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology