मुख्य समाचार

कैलाली कारागारमा एक थुनुवाको मृत्यु

कैलाली। कैलाली कारागारमा एक थुनुवाको मृत्यु भएको छ । कारागारमा रहेका कैलालीको टीकापुर नगरपालिका– ४ का ५६ वर्षीय रामकिसन चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार स्वास्थ्यमा समस्या भएपछि चौधरीलाई २ बजे सेती प्रादेशिक अस्पताल पुर्‍याइको थियो । अस्पताल पुर्‍याएको २० मिनेटमै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको डीएसपी सिंहले बताए ।

चौधरीलाई २९ साउनमा जबरजस्तीकरणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । पछिल्लो दुई महिनाको अवधिमा कैलाली कारागारका तीन जना कैदीबन्दीको मृत्यु भइसकेको छ ।

बैंकिङ कसुरमा दोषी ठहर भएर कैलाली कारागारमा सजाय भुक्तान गरिरहेका डडेल्धुराको भागेश्वर गाउँपालिका– ५ का २८ वर्षीय हरिसिंह पालीको २ असारमा मृत्यु भएको थियो ।

२३ साउनमा भएको हिंसात्मक झडपमा धनगढी उपमहानगरपालिका– ४ का भरत चौधरीको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन चैत १९ गते बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदका दुवै...

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...