बुधबार, भदौ ११, २०८२
English
Follow us:

इजरायलका राजदूतसँग कमल थापाले गरे विपिन जोशीका विषयमा संवाद, रिहाइको माग

इजरायलका राजदूतसँग कमल थापाले गरे विपिन जोशीका विषयमा संवाद, रिहाइको माग

  • खबर सेवा

  • सोमवार, भदौ ९, २०८२

  • 135
    SHARES
इजरायलका राजदूतसँग कमल थापाले गरे विपिन जोशीका विषयमा संवाद,  रिहाइको माग

काठमाडौं । नेपालका लागि ईजरायलको राजदूत शामुलिक अरी बासले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग उनकै निवास बुढानिलकण्ठमा आज शिष्टाचार भेट गरेका छन् ।

पूर्व उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री समेत रहेका थापाले भेटका क्रममा वर्तमान अवस्थामा बदलिंदो भूराजनीतिक आयामहरु र यसले थपेका जटिलताहरुले क्षेत्रीय शान्ति मूलतः मध्यपूर्वमा समेत असर पारेको बुझ्न सकिने चर्चा गर्दै राजदूतले राखेका सरोकारका विषयहरुमाथि नेपाल सरकारको सरोकारवाला निकायसम्म पुर्याउने बताए ।

साथै क्षेत्रीय शान्तिका लागि एउटा जिम्मेवार राष्ट्रको रुपमा ईजरायलले चालु युद्धको समाप्ति लगायत स्थायी शान्तिको लागि आवश्यक महत्वपूर्ण दायित्व निर्वाह गर्ने कुरामा थापाले विश्वास समेत ब्यक्त गरे । इजरायलले नेपाली श्रमिकहरुलाई रोजगारीको अवसर उपलव्ध गराएको, विद्यार्थीहरुलाई तालिम र कृषिलगायतका अन्य क्षेत्रमा पुर्याएको सहयोगको लागि थापाले धन्यवाद समेत ब्यक्त गरेका थिए ।

हमासको बन्धकको रुपमा रहेको विपिन जोशीको रिहाईको लागि आवश्यक पहल लगायत गाजामा देखिएको भोकमरी लगायतका मानवीय संकट यथाशिघ्र समाधानको लागि उनले सम्बद्ध ईजरायली पक्षसंग अनुरोध गरेका छन् ।

भेटका क्रममा राजदूतले हमासले ईजरायलमाथि गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थिहरुको ज्यान गएको विषय र एक जना विपिन जोशीलाई बन्धक बनाएको विषयमा दुःख ब्यक्त गरे । साथै ६७० दिनसम्म पनि विपिन लगायत बन्धकहरुलाई छुटाउन नसकिएकोमा समेत उनले दुःख ब्यक्त गरेका छन् ।

हमासको बन्धकमा अझै ५० जनाभन्दा बढी रहेको जसमध्ये बीसजना जीवितै रहेको कुरा बताए । विपिन जोशीको आमा र बहिनीलाई ईजरायल लगेर बन्धक छुटाउन अन्तराष्ट्रियरुपमा दवाव दिन प्रयास गरिएको समेत उनले बताए ।

नेपाल र ईजरायलबीचको कुटनीतिक सम्बन्धको चर्चा गर्दै आपसी हितका कृषि, प्राविधिक, शैक्षिक, श्रमलगायत विविध क्षेत्रहरुमा पक्षहरुमा इजरायलले सहयोग गर्दै आएको स्मरण गरे । विपिनलाई हमासले बन्धक बनाएपछि नेपाल सरकारले ‘लर्न, अर्न एण्ड रिटर्न’कार्यक्रमअन्तर्गत अध्ययनको लागि ईजरायल जाने विद्यार्थीहरुलाई जानबाट रोकेको भन्दै विद्यार्थीहरुको हीत र रक्षामा ईजरायल सरकार सचेत रहेकोले यस किसिमको रोक हटाई दिन राजदुतले अनुरोध गरे ।

भेटका क्रममा पार्टीका अन्तरास्ट्रिय सम्बन्ध बिभागका सदस्य सचिव राजाराम बर्तौला `चुनेली´को पनि उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology