उखु किसानको आन्दोलनलाई बाबुराम भट्टराईको समर्थन
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले आन्दोलनरत उखु किसानहरुको आन्दोलनलाई समर्थन जनाएका छन्।
मंगलबार काठमाडौँको माइतीघर मण्डलामा पुगेर उनले किसानलाई दिने भनिएको अनुदान सरकारले एक्लौटी निर्णयबाट कटौती गरेको भन्दै सरकारको आलोचना गरे।
भट्टराईले आन्दोलनरत किसानहरुलाई आफ्ना जायज मागहरुप्रति एकताबद्ध भएर अडिग रहन समेत आग्रह गरे।
‘लामो समयको आन्दोलनपछि किसानहरुलाई प्रतिक्विन्टलमा ७० रुपैयाँका दरले किसानहरुलाई अनुदान दिने कुरा भएको थियो, त्यो पनि किसानहरुको ठूलो आन्दोलनको कारणले हो,’ भट्टराईले भने, ‘त्यो घटाएर ३५ रुपैयाँ पुर्याउने अनि त्यो पनि समयमा नदिने अरे। अनि सरकारले एक्लौटी गर्न मिल्छ? यो त किसानहरुमाथि बदमासी र ठगी भएन? त्यसकारण किसानहरुको यो अभियान जायज छ। तर यसरी तपाईहरू मेहेनत गर्ने किसान यहाँ आएर संघर्ष गर्नु दुःखद् छ।’
‘सबै घरपरिवार र वस्तु भएपनि हेर्नुपर्ने हुन्छ, जनतासँग जोडिराख्नुपर्छ। नत्र बिर्सिन्छन् भनेर यहाँ आएको हो। नत्र बालुवाटार गएर प्रधानमन्त्रीलाई भेट्थे नि। तपाईहरू दरोसँग उभिन आग्रह गर्दछु। किसान एकता महत्वपूर्ण कुरा हो,’ उनले थपे।
मधेस प्रदेशसहित देशभरका उखु किसानहरुले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान कायम गर्न तथा वक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन्।

ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी
काठमाडौँ। सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह...
बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। आज (आइतबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...