
काठमाडौँ। २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको छ । यही भदौ २० गते शुक्रबार ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा कल्प सार्वजनिक हुनेछ । निकै निस्तेज भएको मानिएको नेपाली महाकाव्य विधालाई उचाइ दिनमा उनको योगदान विशेष र विशिष्ट मानिन्छ ।
यसअघि उनका कर्ण, धरा र अग्नि महाकाव्य प्रकाशित छन् ।