बुधबार, भदौ ११, २०८२
English
Follow us:

महोत्तरीको बर्दिवासबाट बिलविजक नभएको ४६ लाख ५० हजारको सन्चार सामाग्री बरामद

महोत्तरीको बर्दिवासबाट बिलविजक नभएको ४६ लाख ५० हजारको सन्चार सामाग्री बरामद

  • खबर सेवा

  • बुधबार, भदौ ११, २०८२

  • 20
    SHARES
महोत्तरीको बर्दिवासबाट बिलविजक नभएको ४६ लाख ५० हजारको सन्चार सामाग्री बरामद

काठमाडौँ। महोत्तरीको बर्दिवास नगरपालिका–९ रातु खोला स्थित बगर इलाकाबाट सशस्त्र प्रहरीले भाद्र ९ गते ४६ लाख ५० हजार रुपैयाँ बराबरको सन्चार सामाग्री बरामद गरेको छ ।

मधेश प्रदेश ०२–००१ स ५२४८ नंम्बरकोे ई–रिक्सामा लोड गरी राखेको आवश्यक कागजात तथा बिलबिजक समेत नभएको संचार उपकरण Ericsson कम्पनीको 8863 B40 मोडलको आठ वटा Radio सेट सशस्त्र प्रहरीले बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भंगाहा र सुरक्षा बेश पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले उल्लेखित मुल्य बराबरको संचार सामाग्री बरामद गरेको हो । दुरसंचारको टावरमा प्रयोग हुने यि उपकरण कस्ले कुन प्रयोजनको लागि ल्याईएको हो खुलेको छैन ।

बरामद सामान तथा रिक्सा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको डीएसपी एवं सह  शैलेन्द्र थापा
सह प्रबक्ताले बताए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology