संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री
काठमाडौ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्।
शुक्रबार दिउँसो १ बजेदेखि बस्ने प्रतिनिधि सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदैछन्।
विदेश भ्रमणअघि र भ्रमणबाट फर्किएपछि कार्यकारी प्रमुखले संसदलाई जानकारी गराउने अभ्यास छ।
प्रधानमन्त्री ओलीले शनिबारदेखि हुन लागेको चीन भ्रमणबारे सदनलाई जानकारी गराउन लागेका हुन्।
प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भए पनि रास्वपाले आफ्नो विरोध जारी राख्ने भएको छ।
प्रमुख सचेतक सन्तोष परियारले रास्वपाले शुक्रबारको संसद बैठक पनि बहिस्कार गर्ने जानकारी दिए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी
काठमाडौँ। सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह...
बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। आज (आइतबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...




